२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

राष्ट्रिय युवा संघ रुपन्देही–३(क) द्वारा रक्तदान

शनिवार , भाद्र १, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १ भदौ ।
    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल क्षेत्रीय कमिटी क्षेत्र नम्बर ३(क) रुपन्देहीले शनिबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । भैरहवाको बैंकरोडस्थित बुद्ध बजारमा गरिएको कार्यक्रममा ५२ यूनिट रगत संकलन भएको युवा संघ क्षेत्र नम्बर ३ (क) का संयोजक अमित कुमार सेन्चुरीले जानकारी दिए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सेन्चुरीले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज हरि प्रसाद अधिकारीले युवा संघले महत्वपूर्ण कार्य गरेको बताए । उनले युवामा शिथिलता नरहेकोले नेतृत्वमा रहने व्यक्तित्वहरुले युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको परिस्थितिमा पनि युवा संघले धेरै कामहरु अघि बढाइरहेको छ ।’ सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) समेत रहेका अधिकारीले पार्टीका तमाम काम युवा संघले गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै कार्यक्रम निर्देशक, एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा युवा संघ लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण मल्ल ठकुरीले रगतको अभाव हुन नदिन कार्यक्रमको आयोजना गरिएको बताए। 

    नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको प्राविधिक सहयोग र बि.के. ज्वेलर्स बैंकरोड, भैरहवाको प्रायोजनमा कार्यक्रम भएको युवा संघ रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठले बताए । आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै जाने युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रविन आचार्यले बताए ।

    युवा संघ नेपाल रुपन्देही सचिवालय सदस्य सम्झना के.सी. थापाको सञ्चालनमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_9865.JPG
    IMG_9875.JPG
    IMG_9874.JPG
    IMG_9862.JPG