२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

बिहिवार , श्रावण ३१, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ३१ साउन । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाइएको निगमले जनाएको छ ।

    योसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजल र मट्टीतेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

    पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।