
बुधवार , फाल्गुण १९, २०७७
तिलोत्तमा, १९ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्वोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति कपको उपाधी भिडन्तमा आर. आर चिलिया र लुम्बिनी नव युवा क्लब आमनेसामने हुने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै चिलिया र लुम्बिनीले बुधवार (आज) हुने फाइनलमा भेट पक्का गरेका हुन् ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा तिलोत्तमा िक्रकेट एकेडमीलाई २९ रनले पछाडी पार्दै लुम्बिनीले फाइनलको यात्रा तय गरेको हो । लुम्बिनीले दिएको १ सय १२ रनको विजय लक्ष्य पछ्याएको तिलोत्तमा ८२ रनमा समेटिएपछि लुम्बिनी विजयी भएको छ ।
त्यस्तै मंगलबारै सम्पन्न दोस्रो खेलमा सैनामैना क्रिकेट क्लबलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै चिलिया विजयी भएको छ । सैनामैनाले दिएको ७४ रनको झिनो लक्ष्य चिलियाले ७ ओभरमा ४ विकेट खर्चेर पुरा गर्यो ।
प्रतियोगिताको फाइनल खेल बुधबार बिहान १० बजे हुने आयोजकले जनााएका छन् ।
प्रतियोगितामा विजेता टिमले १ लाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसै गरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५÷५ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
स्वर्गीय ढुंगानाको नाममा स्थापना हुने अक्षयकोषको रकमबाट तिलोत्तमा नगरभित्रका विद्यालयस्तरका २ जनाछात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।
सिद्धार्थ युवा क्लबको खेलमैदान चपरहट्टीमा जारी प्रतियोगिताको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले आइतबार उद्घाटन गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij