images

बिहिवार, बैशाख १३ गते २०८१

संघमा सूचना प्रविधिको विकासका लागि मेरो उम्मेदवारी

संघमा सूचना प्रविधिको विकासका लागि मेरो उम्मेदवारी

images
images
images
मंगलवार, फाल्गुण १८ २०७७
मंगलवार, फाल्गुण १८ २०७७
  • संघमा सूचना प्रविधिको विकासका लागि मेरो उम्मेदवारी

    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको साधारणसभा तथा अधिवेशन नजिकिदै गर्दा संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु चुनावी दौडमा छन् । यही फागुन २१ र २२ गते हुन लागेको ६२ औं साधारणसभा तथा अधिवेशनमा भैरहवाका युवा व्यवसायी प्रमोद रिजाल अहिले चुनावी प्रचारप्रसारमा निकै व्यस्त छन् । सूचना प्रविधिमा विशेष दख्खल भएका रिजालले संघका वाणिज्यतर्फको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । प्रस्तुत छ रिजालसंग गरिएको कुराकानीको सम्पादित अशं :

    images

    सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । तपाईको उम्मेदवारी के का लागि ?

    म सिद्धार्थ उद्योग वाणिज्य संघमा वाणिज्यतर्फको कार्यसमिति सदस्यमा उम्मेदवारी दिएको छु । संघमा युवाहरुको प्रतिनिधित्व तथा संघमा सूचना प्रविधिको विकासका लागि मैले उम्मेदवारी दिएको हुँ । अहिले विश्व नै सूचना प्रविधिबाट अगाडि बढेको छ । सूचना प्रविधिलाई संघमा जोड्नका लागि मैले उम्मेदवारी दिएको छु ।

    तपाई आईटीका साथै खाद्यान्नको पनि व्यापार गर्दै आउनुभएको छ ? खास समस्याहरु के के छन् ?

    मैले अहिले आईटीका साथमा खाद्यान्नको पनि व्यापार गर्दै आएको छु । अहिले त आईटी तथा खाद्यान्न दुवैतर्फको व्यवसायमा समस्याहरु रहेका छन् । लामो समयसम्म कोभिडका कारण भएको लकडाउनले गर्दा उद्योग व्यवसाय निकै समस्यामा परे । बल्ल अहिले व्यवसाय अलिअलि उठ्न थालेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघमा म कार्यसमिति सदस्यमा निर्वाचित भए भने म आफ्नो क्षेत्रको मात्रै नभएर सबै क्षेत्रको व्यवसायीलाई समेटेर उहाँहरुको समस्याहरु सुन्ने र समस्याको समाधानको लागि आफ्ना कुराहरु बोर्डमा राख्नेछु ।

    तपाईलाई उद्योग वाणिज्य संघको निर्वाचनमा किन मतदान गर्ने ?

    मैले युवाहरुको प्रतिनिधित्व गर्दै संघमा उम्मेदवारी दिएको हुँ । म एक युवा व्यवसायी भएको हिसाबले पनि संघमा युवाहरुको भुमिकालाई थप प्रभावकारी बनाउनका लागि मैले उम्मेदवारी दिएको हुँ । । सिद्धार्थ उद्योग वाणिज्य संघमा युवाहरुको  सहभागिता कम रहेको छ । म संघमा गए भने कतिपय युवा साथीहरुलाई समेट्न सक्छु । अब युवाहरुलाई समेटेर हामी अगाडि बढ्नुपर्छ । युवाहरुलाई हामीले हरेक संघ–संस्थाहरुमा स्थान दिनुपर्छ एउटा देशको नेतृत्वमा युवाको पनि भूमिका हुनुपर्छ । केही स्थान युवाहरुलाई दिन सके त्यो संघको पहलमा हुन्छ राम्रोसंग अगाडि बढ्छ भन्ने मेरो मान्यता छ । संघका युवाहरुको प्रतिनिधित्वका लागि मलाई भोट दिनुहुनेछ भन्ने बिश्वास लागेको छ ।

    तपाई संघमा विजयी हनुभयो भने व्यवसायिक हकहितका लागि के काम गर्नुहुन्छ ?

    म संघमा विजयी भए भने अनुभव आदान प्रदान गर्नेछु । म पनि उदाउँदै गरेको युवा व्यवसायी भएका कारणले संघमा निर्वाचित भएको खण्डमा म आफुले धेरै कुरा सिक्ने अवसर पाउनेछु भने त्यहाँ सिकेका कुरालाई आम युवा तथा अन्य उद्योगी तथा व्यवसायीलाई सिकाउने छु । साथै व्यवसायीहरुको समस्या समाधानका लागि मेरो पहल हुनेछ ।

    संघलाई अझै सबल र सक्षम बनाउनका लागि तपाईको भूमिका के हुन्छ ?

    संघलाई बलियो बनाउनका लागि हामी योजनाबद्ध रुपमा काम गर्नुपर्छ । सिद्धार्थ उद्योग वाणिज्य संघको टिक निकै मिलेको, सबल र सक्षम रहेको छ । हामी पनि संघमा आउन सकेको खण्डमा हाम्रा योजनाहरुलाई त्यहा कार्यान्वयन गराउन थप सहज हुन्छ । संघमा सबैको भुमिका निकै प्रभावकारी र महत्वपूर्ण हुन्छ । हामीले संस्थाको विकास संगसंगै आम उद्योगी व्यवसायीको विकासमा जोड दिनुपर्दछ । अहिले प्राय सबै क्षेत्र अप्ठ्यारो अवस्थामा रहेका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्रलाई पहिचान गरेर काम गर्नुपर्दछ ।

    अन्त्यमा.........

    म सिद्धार्थ उद्योग वाणिज्य संघमा पहिलो पटक उम्मेदवारी दिदैछु । युवाको प्रतिनिधित्व गरेर जाँदैछु । संघमा मेरो बुवा नारायण रिजालले जुन योगदान दिनुभएको छ माया दिनुभएको छ, त्यो संघलाई मैले माया दिन चाहन्छु । अगाडि बढाउन चाहन्छु, संघमा आफुले पनि धेरै कुरा सिक्ने अवसर मिल्छ । मैले आफ्नो उमेरको र आफु भन्दा कम उमेरको साथीभाईहरुलाई मैले सिकाउन सक्छु । केही साथीहरुलाई मैले संघमा सहभागिता गराउन सक्छु र यो संघबाट लिने फाइदाहरु के छन् त्यसको बारेमा अन्तरक्रिया कार्यक्रमहरु गर्नेछु । युवाहरुको सहभागिता गराउन सक्छु ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij