२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

लियो क्लब अफ मणिमुकुन्दद्वारा बुटवल माविमा पंखा हस्तान्त्रण

सोमवार , श्रावण २८, २०८१

  • 628
    Shares
  • 628
    Shares
  • बुटवल, २८ साउन । 
    भौतिक तथा शैक्षिक विकासको पर्खाइमा रहेको बुटवलको सबैभन्दा पुरानोे विद्यालय बुटवल माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच पंखा हस्तान्तरण गरिएको छ । वि.सं. २००८ सालमा स्थापना भएको बुटवल माविको भौतिक तथा शैक्षिक बिकासमा टेवा पुर्याउने उद्देश्यले लियो क्लब अफ मणिमुकुन्दले ६ थान पंखा उपलब्ध गराएको हो । 

    क्लबका संस्थापक परिवारका स्व. तेजबहादुर श्रेष्ठको स्मृतिमा आयोजित पंखा हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद प्रधान, प्रधानाध्यापक होम बहादुर रायमाझी लगायतले बुटवलको इतिहास बोेकेको विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए । 

    विद्यालयले पछिल्लो समय शैक्षिक विकासका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाएर विभिन्न गतिविधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

    विद्यालयका प्रधानाध्यापक रायमाझीले भौगोलिक हिसाबले पहिले उत्तम मानिएको यो विद्यालय पछिल्लो समय विकासका योजनाहरु बनाए पनि बजेटको अभावमा विभिन्न समस्याहरु झेल्दै आएको गुनासो गरे ।