२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

टिप्परको ठक्करबाट रुपन्देहीमा चारवटा गाईगोरु मरे

मंगलवार , फाल्गुण १८, २०७७

भैरहवा, १८ फागुन । 
रुपन्देहीमा टिप्परको ठक्करबाट चारवटा गाईगोरु मरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारस्थित पर्सा पडरिया सडकखण्डमा टिप्परले ठक्कर दिदा ३ वटा गाई र एउटा गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार सिद्धार्थनगर नगरपालिका–३ दरखसवाका ४६ वर्षिय प्रमोद कुमार धवलले उत्तरबाट दक्षिणतर्फ चलाएको ना ३ ख ३२५१ नम्बरको टिप्परले सडकमा रहेका छाडा गाई गोरुलाई ठक्कर दिदा ४ वटा गाईगोरुको मृत्यु भएको र २ वटा गाई घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए । 

टिप्परले नजिकै रहेको विद्युतीय पोललाई समेत ठक्कर दिई क्षतिग्रस्त बनाएको र चालक र टिप्पर अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीको नियन्त्रणमा रहेको डीएसपी थापाले जानकारी दिए ।