२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

लायन्स र लियो सिद्धार्थनगरद्वारा रक्तदान

आइतवार , श्रावण २७, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २७ साउन ।
    लायन्स क्लब अफ सिद्वार्थनगर र लियो क्लब अफ सिद्धार्थनगरले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको छ । शनिबार सिद्धार्थनगर सिटी हस्पिटल लुम्बिनीरोड, भैरहवामा भएको कार्यक्रममा ४० यूनिट रगत संकलन भएको लायन्स सिद्धार्थनगर वर्ष २०२४/०२५ का अध्यक्ष अर्जुन पौडेलले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै लायन्सका पाष्ट डिष्ट्रिक गभर्नर तथा लायन्स अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक ३२५, नेपालका मल्टीपल मार्केटिङ कोर्डिनेटर अरुण प्रताप राणाले रगतको सधै आवश्यक पर्ने भएकाले रक्तदान दान मात्र नभइ महादान भएको बताए । उनले प्रत्येक ३–३ महिनामा रगतदान गर्नु शरीरको लागि पनि उत्तम भएको बताए । 

    कार्यक्रम संयोजक एवं लायन्स क्लब अफ सिद्धार्थनगरका क्लब सर्भिस चेयरपर्सन आनन्द खनालको स्वागत तथा क्लबका सह–कोषाध्यक्ष नारायण आचार्यको सञ्चालनमा भएको कार्यक्रममा लियो क्लब अफ सिद्धार्थनगरकी अध्यक्ष विनिता थापा लगायतले बोलेका थिए ।

    कार्यक्रममा पाँच जना नियमित रक्तदाताहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा संगम न्यौपाने, फ्रेजर थापा, अनुप थापा, मनोज उपाध्याय र मिलन पासी रहेका छन् ।