images

सोमवार, बैशाख १७ गते २०८१

किन बढ्दै छ रुपन्देहीमा हत्याका घटना? 

किन बढ्दै छ रुपन्देहीमा हत्याका घटना? 

images
images
images
मंगलवार, फाल्गुण १८ २०७७
मंगलवार, फाल्गुण १८ २०७७
  • किन बढ्दै छ रुपन्देहीमा हत्याका घटना? 

    भैरहवा। ९ फागुन २०७७ मा रुपन्देहीको मायादेवि गााउपालिका ३ मा आफ्नै आमाले एक बर्षिया छोरीको हत्या गरिन। मायादेवि ३ हरहराकी २१ वर्षिय प्रेमा यादवले प्रेमीसंगको सम्बन्ध श्रीमानले चालपाए पछि बढेको खटपट र झग्डाका कारण आफुले छोरीको हत्या गरिन्। छोरीको हत्या पछि उनले आत्म हत्याको प्रयास गरिन। छोरीको हत्यापछि आतमहत्या प्रयास गर्दै गर्दा आफ्नै नन्दले देखेपछि उनी भने बाच्न सफल भएकी छन्। 

    images

    त्यस्तै रुपन्देहीको मायादेवि गाँउपालिका ६ का ३४ बर्षिया राजिन्दर यादवको आफ्नो काका लगाएतले हत्या गरे। छोरा राजीन्दरलाई सम्पत्ती दिनु पर्ने भएपछि आफ्नै काका रामवेलास यादवले २०७७ माघ ६ गते केहि व्यक्तिहरुलाई लगाएर हत्या गरे। 

    यी त रुपन्देहीका प्रतिनिधि मुलक घटना मात्रै हुन्। रुपन्देहीमा आर्थिक बर्ष रुपन्देहीमा एक बर्षको अबधिमा भएका हत्या (कर्तव्य ज्यान) सम्बन्धी १९ वटा घटना घटेका छन्। रुपन्देहीमा भएको हत्या सम्बन्धी घटना कतिपय सम्पत्तिका नाममा भएका छन् भने कतिपय अनैतिक प्रेम सम्बन्ध, यौन विचलन र कतिपय रिसिईविका कारण घटेको प्रहरीको आकलन छ। 

    रुपन्देहीमा पछिल्लो एक बर्षको अबिधमा १९ वटा हत्याका घटना घटेका छन्। १९ वटा घटनामा २५ जनाको हत्या भएको छ। रुपन्देहीमा भएका हत्याका घटनामा जिल्लाको दक्षिणी र पश्चिमी भेगमा बढी घटना घटेको रुपन्देही प्रहरीको तथ्याङमा उल्लेख छ। शिक्षा र चेतनाको अभावका कारण अन्य क्षेत्रको तुलनामा त्यो क्षेत्रमा बढी मात्रामा हत्या तथा अन्य अपराधिक घटना बढी मात्रामा घट्ने गरेको प्रहरीको निष्कर्ष छ।

    २०७७ सालको फागुन १३ गते सम्ममा ७ वटा हत्या सम्बन्धी घटना घटेका छन्। जिल्लामा चार महिनाको अबधिमा ७ वटा घटना घटेका हुन्। आर्थिक बर्ष २०७६ मा को साउन देखि ०७७ असार अन्तीम सम्ममा जिल्लामा १३ वटा घटना घटेका छन। २०७७ मा जिल्लाको मायादेवि, सियारी गाँउपालिकामा एक एक वटा तथा गैडहवा गाँउपालिकामा दुई वटा तथा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा एक एक वटा हत्याका घटना घटेका छन्।

    यी मध्ये केहि घटना सम्पत्तीको लोभमा, केहि मापसे, केहि घटना अनैतिक सम्बन्धका कारण त केहि रिसिईबिका कारण घटेका प्रहरीले लिएको बयानमा उल्लेख गरिएको छ। आर्थिक बर्ष २०७६ सालमा घटेका १३ वटा घटना मध्ये जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, कोटहीमाई, कञ्चन, गैडहवा, सियारी र ओमसतियामा हत्याका घटना घटेका छन्। 

    २०७६ असोज १७ मा बुटवल उपमहानगरपालिका वडा नं. ११ मा टिकमाया गुरुङको गर्दनमा हसियाले हानी हत्या गरिएको थियो। हेडौडा घर भई बुटवलमा बस्दै आएका ४२ बर्षिय राम लामाले उनले लगाएको एक तोलाको सुनको रिङ लिनका लागि हत्या गरेको देखिन्छ। 

    रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवा स्थित एक भैसी तथा गाई फममा काम गर्ने ५ जनालाई सामूहिक रुपमा हत्या गरियो। फममै काम गर्ने ३१ बर्षिय झर्सेन्द्र बहादुर सिंजालीले मदिरा सेवन गरी कोदालोले हानेर हत्या गरे। उनले फममा काम गर्ने रुपन्देहीको सैनामैना मुर्गियाका माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष थारुलाई हत्या गरेका थिए। 

    आर्थिक बषए २०७६ मा बुटवल उपमहानगरपालिकामा एक वटा, तिलोत्तमा नगरपालिकामा दुई वटा, कोटहीमाईमा दुई वटा, कञ्चनमा दुई वटा, गैडहवामा एक, सियारीमा दुई र ओमसतियामा  तीन वटा घटना घटेका थिए। 

    रुपन्देहीका प्रहरी प्रमुख एसपि प्रबिन पोखरेलले पछिल्लो समय सम्पत्तिको लोभ र यौन विचलनका कारण धेरै घटना घट्ने गरेको बताए। घटना पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा छोटो समयमा सम्पत्ति हात पार्ने दाउमा लाग्दा तथा यौन विचलन (सेक्स)मा कुरा नमिलेपछि अन्तमा हत्या सम्मको योजनामा पुगेर हत्या गर्ने गरेको उनले उल्लेख गरे। 

    प्रहरी उपरिक्षक पोखरेलका अनुसार मोवाईल तथा ईन्टरनेटको गलत प्रयोगका कारण पनि घटना घट्ने गरेका छन्। हातहातमा मोवाईल तथा ईन्टरनेटबाट गलत क्रियाकलापमा युवा युवतिको लत बस्ने गरेको, मोवाईलमा हेरिने फिल्म अनुसार व्यवहारमा लागु गर्न खोज्दा थुप्रै घटना घटेको पाएका छौ प्रहरी उपरिक्षक पोखरेलले भने पछिल्लो समय त कम उमेरमै बालबालिका यौन जन्य क्रियाकलापमा लाग्ने र कुरा नमिलेपछि अपराधिक क्रियाकलापमा समेत लाग्ने गरेका छन्। 

    प्रहरीमा आएका घटना अनुसार रुपन्देहीका दक्षिण, पश्चिममा बढी मात्रामा घटना घटेका छन्, यसको अर्को कारण के हो भने सिमानाका खुला भएका कारण अपराध घटाएर छिट्टै भारत पस्न सकिने, कानुनी दायरामा आउनबाट जोगिन सकिन्छ भन्ने ठानेर घटना घटाएको पाईन्छ। उनले भने त्यसमा पनि अशिक्षा, बेरोजगारी र मदिराको गलत प्रयोगले पनि समस्या निम्त्याएको छ। 

    आम मानिसमा बढ्दै गएको नकारात्मक सोचका कारण पनि समाजमा अपराधिक गतीबिधि बढ्ने गरेको प्रहरी बुझाई छ। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij