
शनिवार , श्रावण २६, २०८१
भैरहवा, २६ साउन ।
सिर्जानशील संस्था नेपाल (सीन) तिलोत्तमा–९ मंगलापुर, रुपन्देहीले फ्रिडम कीट ब्याग (धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड) वितरण कार्यक्रम गरेको छ । सीनको आयोजना तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित श्री बहिरा बाल माध्यमिक विद्यालयको समन्वयमा शुक्रबार विद्यालयका ८८ जना विद्यार्थी तथा शिक्षकहरुलाई उक्त ब्याग वितरण गरिएको हो । त्यस्तै सोही विद्यालयमा महिनावारी स्वच्छता, व्यवस्थापन र जोखिमपूर्ण अभ्यास सुधारसम्बन्धी तालिम पनि सम्पन्न भएको छ ।
कार्यक्रममा प्याड लगाउने, धुने र धोएको प्याडलाई सुकाउने तरिकाका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापाले सिर्जनशील संस्था नेपालले उदाहरणीय कार्य गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । ‘समाजलाई अत्यावश्वक कुरामा सीनको ध्यान गए जसरी अन्य संघ–संस्थाले पनि यसको सिको गर्न जरूरी छ, ’थापाले भने ।
प्राचार्य थापाको अध्यक्षता, सिर्जनशील संस्था नेपालका सदस्य बिनोद बिसीको प्रस्तुतीकरण तथा शिक्षक अमृता गरूङ्गको भाषा सम्प्रेषण रहेको कार्यक्रममा शिक्षक तथा छात्राहरूको सहभागीता रहेको थियो । कार्यक्रम फ्रिडम किट्स ब्यागस्को सहयोगमा भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij