२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

स्थापना दिवसमा लायन्स बुटवल स्टार्सद्वारा विद्यालयलाई सहयोग

शुक्रवार , श्रावण २५, २०८१

  • 703
    Shares
  • 703
    Shares
  • बुटवल, २५ साउन ।
    नेपालमा लायन्स क्लब स्थापना भएको अवसर परेर लायन्स क्लब अफ बुटवल स्टार्सले बुटवलमा रहेको साधना महिला विद्यालयलाई शौक्षिक साम्रगी हस्तान्तरण गरेको छ । 

    क्लबले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै दुई थान व्हाइट बोर्ड, मार्कर, कलम कापी लगायतका स्टेशनरी सामग्रीहरू प्रधानाध्यपक विष्णु गौतम घिमिरेलाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष भूपेन्द्रप्रसाद अर्यालले बताए ।  

    कार्यक्रममा जोन १४ का जोन चेयरमेन एन्जिल खाँले क्लबले सधै समाजका लागि काम गरिरहेको भन्दै आगामी दिनमा पनि क्लबले समाजको लागि उदाहरणीय काम गरेर सबैको मन जित्न सफल होस् भन्दै शुभकामना दिए । त्यसै गरी क्लबका पूर्वअध्यक्ष विजय बर्नवाल, कमलेश कसौधन, सचिव राम बहादुर शाही लगायतले बोलेका थिए ।