२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

बुटवल बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा

बिहिवार , श्रावण २४, २०८१

  • 751
    Shares
  • 751
    Shares
  • बुटवल, २४ साउन । 
    रुपन्देहीको बुटवलस्थित बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले बिहीबार उपकुलपति समक्ष राजीनामा दिएका छन् । आफूहरुले गरेको आन्दोलनका कारण क्याम्पस प्रमुखले राजीनामा दिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) को दावी छ ।

    क्याम्पसमा मंगलबारदेखि विद्यार्थी संगठनबीच भएको विवादका कारण बुधबार निर्दोष विद्यार्थीमाथि प्रहरीद्वारा भएको अस्वभाविक लाठी चार्ज भएको भन्दै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेर बेलुकी ५ बजेसम्म सम्पर्क गर्दा पनि क्याम्पस प्रमुख उपस्थित नभएपछि तालाबन्दी गरिएको नेविसंघले जनाएको छ । प्रहरीले ताला फोडेर सहायक क्याम्पस प्रमुखलाई बाहिर निकाल्न खोज्दा रोक लगाइएको नेविसंघको भनाइ छ ।

    नेविसंघका अनुसार बुधबार लाठी चार्ज गरेको प्रहरीले बिहीबार भने बल प्रयोग नगरी छेकथुनलाई साम्य बनाउने प्रयास गरेको थियो । सोही क्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले राजीनामा दिएपछि नेविसंघले आफै तालाबन्दी खोलेको थियो । 

    बुधबार भएको लाठी चार्जमा नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगर लगायतका विद्यार्थी नेता तथा विद्यार्थीहरु घाइते भएका थिए ।

    बिहीबार गरेको नेविसंघको आन्दोलनमा नेविसंघ रुपन्देहीका जिल्ला अध्यक्ष सन्दिप पाण्डे, केन्द्रीय सदस्यहरु प्रदिप घर्ती मगर, विष्णु खनाल, प्रेम परियार, विकास पाण्डे, सागर पौडेल, नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेताहरु सुमन गुरुङ, कृष्ण खनाल, नारायण घिमिरे भावुक, प्रयास आचार्य, विपिन्द्र पाण्डे, कृष्ण श्रेष्ठ, नारायण पाण्डे, सन्देश पोख्रेल, श्रीधर ज्ञवाली, सागर पन्थी, सुरज पन्थी लगायतको उपस्थिति रहेको थियो ।

    क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले आफ्नो स्वास्थ्यमा समस्या परेकोले क्याम्पस प्रमुख पदमा रही कार्य गर्न नसक्ने हुनाले बिहीबार उपकुलपतिसमक्ष राजीनामा पेश गरेको बताए । उनले साउन २५ गतदेखि लागू हुने गरी निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी उपप्राध्यापक डा. दुर्गा भुसाललाई दिएको जानकारी खिए ।