images

शुक्रवार, चैत्र १६ गते २०८०

रोजगारी प्रवर्द्धनका लागि मेरो उम्मेदवारी

रोजगारी प्रवर्द्धनका लागि मेरो उम्मेदवारी

images
images
images
मंगलवार, फाल्गुण १८ २०७७
मंगलवार, फाल्गुण १८ २०७७
  • रोजगारी प्रवर्द्धनका लागि मेरो उम्मेदवारी

    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं साधारणसभा तथा अधिवेशन यही फागुन २१ र २२ गते हुँदैछ । चुनाव नजिकिएसंगै उम्मेदवारहरु चुनावी दौडमा छन् । चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरु अहिले आम उद्योगी व्यवसायीको घरदैलोमा पुगेका छन् । संघको उद्योगतर्फको महिला कार्यसमिति सदस्य पदको उम्मेदवार हेमा बेल्बासे के.सी. (अनिशा) पनि आसन्न निर्वाचनका लागि आफ्नो पक्षमा मत माग्दै हिंडेकी छन् । चुनावी प्रचारप्रसारका विषयमा के.सी.संग गरिएको कुराकानीको सम्पादित अशं :

    images
    images
    images

    १. सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा तपाईको उम्मेदवारी किन ?

    सिद्धार्थ उद्योग वाणिज्य संघको महिलातर्फको कार्यसमिति पदमा मेरो उम्मेदवारी रहेको छ । मैले भैरहवामा ए फोर ट्रेनिङ्ग सेन्टर प्रा.लि. सञ्चालन गर्दै आएकी छु । म त्यसको प्रबन्ध निर्देशक हुँ । मैले रोजगारी सिर्जना गर्ने सिलसिलामा आफ्नो रोजगारी र सामाजिक उत्तरदायित्व समेतलाई मध्यनजर गर्दै सस्था स्थापना गरेकी हुँ । समाजमा रहेको बेरोजगारी समस्या, सीप नहुनु/दक्ष जनशक्तिको अभाव, उत्पादनशिल कार्यको कमी र आफ्नो क्षमता नचिनेर भौतारिएका युवा शक्तिलाई सिपमा जोड्का लागि मैले संस्था स्थापना गरेकी हुँ । उद्योग वाणिज्य संघमा पनि सिपमुलक कार्यक्रम सञ्चालन गरी रोजगारीको प्रवर्द्धनका लागि मैले उम्मेदवारी दिएकी हुँ । अर्को कुरा भनेको विशेष गरी चुलोचौकामा सीमित महिलालाई म को हुँ भन्ने पहिचान गराउँदै ‘हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने’ भन्ने मुल मन्त्रका साथ महिला उद्यमीको रुपमा आफूलाई स्थापित गराउनु र आफुसंग आएकोलाई समेत समाजमा स्थापित गराउनका लागि मेरो भुमिका रहनेछ ।

    २. ए. फोर ट्रेनिङ्ग सेन्टरले कुन कुन विषयमा कक्षा सञ्चालन गर्दै आइरहको छ ? यसलाई उद्योग वाणिज्य संघसंग कसरी जोड्न सकिन्छ ?

    ए फोर ट्रेनिङ्ग सेन्टर प्रा.लि. सिटीइभिटीबाट स्वीकृत प्राप्त निम्न विषयहरुमा ३ महिनाको (३९० घण्टा) तालिम सञ्चालन गदै आइरहेको छ । क) निर्माण : मेसन, स्काफफोल्डिङ्ग, सटरिङ कारपेन्ट्री, स्टील फिक्चर, फर्निचस कारपेन्ट्री, विद्युत जडान, प्लम्बिङ्ग, आदि इत्यादि । ख) सेवा सम्बन्धी : व्यूटीपार्लर, सिलाईकटाई, फेसनडिजाईनिङ्ग, एड्भान्स टेलरिङ, मेकअप आर्टिस्ट, केयर गिभर, ड्राईभिङ्ग, कम्प्युटर हार्डवेयर, कम्प्यूटर सफ्टवेयर, मोटरसाइकल मर्मत, आदि इत्यादि । ग) कला क्षेत्र : बेतवास, उडकार्भिङ, बुटिक तथा कढाइ, थारु हस्तकला, स्टोन कार्भिङ्ग गुडिया बनाउने, चुरा बनाउने, माला बनाउने, कुसन, जुत्ता बनाउने, सजावटका सामाग्रीहरु आदि इत्यादि ।

    घ) पर्यटन क्षेत्र : कुक, वेटर, हाउस किपिङ, वारमेन, सेल्समेन आदि इत्यादि । ङ) खाद्य सामग्री प्रशोधन : कुकिज, स्विट एण्ड स्न्याक्स, अचार आदि इत्यादि । हामीले हाम्रो सस्थाबाट गर्ने तालिमलाई संघमा जोडेर गर्न सक्छौ । सीप आदानप्रदान गर्न सकियो भने यसले बरोजगारको समस्या समाधान हुन्छ । मैले संघमार्फत यी कामलाई जोड्न सकिन्छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही समग्रमा निजी क्षेत्र, सरकारी क्षेत्र भन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र हो यस क्षेत्रको अध्ययनको विषय व्यापक छ ।  यहाँ हजारौं किसिमका व्यापार र उद्योग क्षेत्रको समस्या छ चाहे त्यो नीतिगत होस वा संस्थागत होस् र रोजगारीको अवसर र सिर्जनामा पनि व्यापकता छ । मैले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो समस्या पहिचान गरी कस्तो किसिमको दक्ष, अर्धदक्ष र पूर्ण दक्ष जनशक्ति आवश्यक पर्दछ । सो को विश्लेषणात्मक पहिचानका साथ तालिम प्रदान गरी रोजगारी र उद्योगको दिगो विकास र निरन्तरताको लागि नै मेरो उम्मेदवारी हो यसबाट मेरो विवेक क्षमताले सकेसम्म कुनै कमी र आंच आउन नदिइ निरन्तर रुपमा कार्य गर्ने सोच रहेको छ ।

    ३.. तपाईले निर्वाचन जित्ने आधार के के हुन् ?

    चुनाव जित्ने आधार भनेको त मैले अहिले सम्म समाजका गरेका काम नै हो । समाजमा रोजगारीको व्यवस्था गर्नका लागि मैले खेलेको भुमिकालाई सकारात्मक रुपमा लिएर संघमा आबद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुले माया गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु । आम उद्योगी व्यवसायीको साथ र माया नै मेरो चुनाव जित्ने आधार हो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij