२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

मायादेवीले ल्यायो ६८ करोड ९१ लाखको बजेट

बुधवार , श्रावण २३, २०८१

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, २३ साउन ।
    रुपन्देहीको मायादेवी गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. ६८ करोड ९१ लाख ५३ हजार बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट अन्र्तगत क्षेत्रगत विनियोजित बजेटमा आर्थिक विकासतर्फ रु. ३ करोड ७९ लाख ३ हजार, सामाजिक विकासतर्फ रु.२० करोड ९५ लाख २० हजार, पूर्वाधारतर्फ रु.२८ करोड ३२ लाख ४१ हजार, वातावरण तथा विपद् व्यवस्थापन विकासतर्फ रु.१ करोड ५१ लख ६१ हजार, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ रु.१४ करोड ३३ लाख ४३ हजार बजेट विनियोजन गरेको छ ।

    गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आयतर्फ संघीय समानीकरण अनुदान रु.१३ करोड, संघीय सशर्त अनुदान रु.२७ करोड ७८ लाख ३९, संघीय समपुरक अनुदान रु.१ करोड २५ लाख, संघीय राजस्व बाँडफाँडतर्फ रु.११ करोड ५१ लाख, प्रदेश समानीकरण तर्फ रु.९७ लाख १५ हजार, प्रदेश सशर्त अनुदान रु.८० लाख, प्रदेश राजस्व बाँडफाँड रु.४७ लाख ९ हजार, आन्तरिक आय जसमा बैंक मौज्दात समेत गरी रु.११ करोड ६० लाख अनुमान गरिएको प्रस्तुत बजेटमा उल्लेख छ ।

    गाउँपालिकाले बजेटमा प्राथमिकता दिने गरी कृषि, शिक्षा र स्वास्थ्यसँगै पूर्वाधार विकासका लागि जोड दिएको छ । ‘व्यवसायिक कृषि पेशा अवलम्बन गरौं, आत्मनिर्भर बनौं’ नारालाई आत्मसाथ गदै गाउँपालिकाले व्यवसायीकरण र बजारीकरणका लागी साना कृषक तथा पशुपालकहरुका लागि कार्यक्रम सञ्चालन गर्ने, सिंचाई परियोजनाको विस्तार र आउटलाईट विस्तारका लागी बजेट विनियोजन भएको छ ।

    शिक्षा सबैको सरोकार र अधिकार विषय हो : सबैलाई निशुल्क र गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्दै गरीब तथा अतिविपन्न परिवारका विद्यार्थीहरुका लागि छात्रवृत्ति, पुरस्कार जस्ता कार्यक्रम र आवश्यक शैक्षिक सुधार, पूर्वाधारतर्फ बजेट व्यवस्था भएको छ । आमा बुवासँग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरिने र निर्माणाधिन अस्पतालाई पूर्णता दिने लक्ष्य राखेको छ ।

    गाउँपालिकाभित्र बसोबास गर्ने महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेशी, लोपोन्मुख समुदाय,  पिछडा वर्ग, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका वर्गको उत्थानका लागि बजेट व्यवस्था भएको छ । 

    02 (1).jpg

    गाउँपालिकाकोे सभाहलमा भएको कार्यक्रम गाउँपालिकाका प्रवक्ता चोक बहादुर मगरको स्वागत तथा प्रशासन शाखा प्रमुख पम्पा पन्थको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।