२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भैरहवामा लुम्बिनी कोहीनुर पोलिक्लिनिक सञ्चालनमा

बुधवार , श्रावण २३, २०८१

भैरहवा, २३ साउन । रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा लुम्बिनी कोहीनुर पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ ।

विगत लामो समयदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा पोलिक्लिनक सञ्चालन गर्दै आएका डा. सबनम खानले सिद्धार्थनगर–८ स्थित लुम्बिनी रोड (लुम्बिनी गेट नजिकै) लुम्बिनी कोहीनुर पोलिक्लिनिक प्रा.लि.सञ्चालनमा ल्याएका हुन् ।

पोलिक्लिनिकबाट पहिलो चरणमा बहिरंग (ओपिडी) सेवा, २४ सै घण्टा ईमरजेन्सी सेवा, एक्स–रे, भिडियो एक्स–रे, फार्मेसी सेवासहित अर्थोपेडिक, न्यूरो सर्जरी, प्लाष्टिक सर्जरी लगायतका विशेषज्ञ सेवा सुरु गरिएको सञ्चालक खानले जानकारी दिए ।

पोलिक्लिनकमा अर्थोपेडिक सर्जन प्रा.डा. जावेद खानले सेवा सुरु गरेका छन् । उनले बिहान १० बजेदेखि २ बजेसम्म बिरामीलाई सेवा दिदै आएका छन् ।

त्यसै गरी वरिष्ठ न्यूरो सर्जन डा. केआई सिंहले पनि केही दिनपछि सेवा शसरु गर्ने पोलिक्लिनिकले जनाएको छ ।