२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

विश्व हिन्दू महासंघ सिद्धार्थनगरद्वारा शिव मन्दिरमा विविध कार्यक्रम

सोमवार , श्रावण २१, २०८१

  • 583
    Shares
  • 583
    Shares
  • भैरहवा, २१ साउन ।
    विश्व हिन्दू महासंघ सिद्धार्थनगर नगर समिति, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–८, बसडिलवास्थित श्री शिव मन्दिरमा विविध कार्यक्रम गरेको छ । साउने सोमबारको अवसरमा आज मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गर्दै निःशुल्क सुगर, प्रेसर जाँच तथा महापानी वितरण कार्यक्रम गरिएको समितिको सिद्धार्थनगरका अध्यक्ष गोपाल भण्डारीले बताए । 

    अध्यक्ष भण्डारीका अनुसार कार्यक्रममा २५० जना बढीको सुगर र प्रेसर चेकजाँच गरिएको थियो ।

    समितिकी सचिव उषा केसीको स्वागत, विश्व हिन्दू महासंघ रुपन्देही जिल्ला अध्यक्ष गोविन्द राज पाण्डेयको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपेन्द्र पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    WhatsApp Image 2024-08-05 at 7.46.53 PM (5).jpeg