२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

लायन्स सिद्धार्थनगरद्वारा मधुमेह परीक्षण शिविर, दुईसय बढी लाभान्वित

शनिवार , श्रावण १९, २०८१

  • 640
    Shares
  • 640
    Shares
  • भैरहवा, १९ साउन ।
    लायन्स क्लब अफ सिद्धार्थनगरले शुक्रबार एकदिने निःशुल्क मधुमेह परीक्षण शिविर (डायबिटीज मेगा क्याम्प) गरेको छ । सिद्धार्थनगर सिटी हस्पिटल लुम्बिनीरोड, भैरहवामा भएको शिविरमा दुईसय जना बढी लाभान्वित भएका छन् । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा भएको उक्त शिविरमा २ सय बढीको मधुमेह (सुगर) परीक्षण गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद घिमिरेले बताए ।

    शिविर कार्यक्रमको उद्घाटन गदैै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल वर्ष २०२४/०२५ का डिष्ट्रिक गभर्नर (डीजी) पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्सले क्लबले मधुमेह रोगसम्बन्धी सचेतना जगाउँदै विभिन्न कार्यक्रम गर्दैै आएको बताए । उनले भने, ‘आफ्नो स्वास्थ्यप्रति सबैले ध्यान दिनुपर्छ । लापरवाही गर्नुहुँदैन । म सिद्धार्थनगर सिटी हस्पिटललाई विशेष धन्यवाद दिन चाहन्छु । ’ लायन्सले आँखाको क्षेत्रमा पनि लामो समयदेखि काम गर्दै आएको उनको भनाइ छ ।

    IMG_8642.JPG

    वरिष्ठ मधुमेह (सुगर) रोग विशेषज्ञ डाक्टर स्वेता अग्रवालले मधुमेहले शरीरका विभिन्न भागमा असर गर्ने भएकाले सचेत हुनुपर्ने बताइन् । उनले सुगर नियन्त्रणमा राख्न खानपान, व्यायाम, तनाव व्यवस्थापन, हिडाइ, समयमै औषधी खानेलगायत कुरामा ध्यान दिन आग्रह गरिन । 

    लायन्स क्लब अफ सिद्धार्थनगरले सामाजिक तथा स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष तथा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

    लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष डा. सुवोध कुमार पाण्डेको विशिष्ट आतिथ्यता, लायन्स क्लब अफ सिद्धार्थनगरका सह–कोषाध्यक्ष नारायण आचार्यको ध्वजा अभिवादन तथा क्लबका कोषाध्यक्ष रघु प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।