२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

कोटहीमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई

सोमवार , श्रावण १४, २०८१

  • 619
    Shares
  • 619
    Shares
  • भैरहवा, १४ साउन ।
    रुपन्देहीको कोटहीमाई गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा गरेका विकास निर्माणबारे गुनासो, प्रश्न तथा सुझावबारे सार्वजनिक सुनुवाई गरेको हो । 

    गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न विभिन्न विकास निर्माण कार्य तथा कार्यक्रमहरुबारे वार्षिक प्रतिवेदनपछि कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले विभिन्न प्रश्नहरु गरेका थिए । 

    कार्यक्रममा अध्यक्ष त्रिपाठीले सबैको सुझावले नै उत्कृष्ट विकास हुने बताए । कार्यक्रममा उठेको विभिन्न सवालहरुको जवाफ दिदै उनले भने, ‘काम गर्ने क्रममा हुने त्रुटी काम गर्नेले थाहा नपाउन सक्छन् । त्यसलाई निगरानी गर्नेले थाहा पाउँछन् । पालिकाद्वारा गरिने विभिन्न कार्यहरुको निगरानी गर्ने पालिकाबासीहरु हुन् जसको क्षेत्रमा काम हुने गर्छ उ स्वयं त्यसको प्रमुख निरीक्षक हो । समयमै निगरानी गरी सचेत गराउनुपर्छ ।’ 

    काम गर्ने र सेवा दिने समयमा सबैको गुनासोलाई सुन्न र सम्बोधन गर्न नसकिएको भन्दै सार्वजनिक सुनुवाईमार्फत गुनासोलाई सम्बोधन गर्ने अध्यक्ष त्रिपाठीले बताए । कार्यक्रममा उठेका विभिन्न प्रश्नलाई सम्बोधन गर्ने प्रयाससँगै त्यसलाई सुझावको रुपमा लिइएको अध्यक्ष त्रिपाठीले बताए ।

    कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले पालिकाले मापदण्ड विपरीत र अपारदर्शीताले कुनै कार्य नगरेको बताए । संघीयताले ल्याएको विभिन्न ऐन कानून टेकेर काम गदै आएको बताउँदै पालिकाको हरेक गतिविधिलाई पारदर्शीता बताउन सूचनाको हक अन्तर्गत सुचना उपलब्ध गराउँदै आएको उनले बताए । उनले भने, ‘संघीयतालाई सुशासनले टिकाउने सुशासन कायम भए संघीयताको अनुभुति हुन्छ ।  त्यसैले सुशासनप्रति संवेदनशील भइ काम गर्दै आएका छौँ ।’ 

    सुशासनका लागि कर्मचारी जनप्रतिधिसँगै सेवाग्राहीसँग एकआपसमा सहकार्य र सदभावको भवना राखी आफ्नो पदीय जिम्मेवारी बहन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत गौडले बताए।

    कार्यक्रममा समाजसेवी गुरुवचन यादव, मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था मझगावाँका सचिव जगरनाथ प्रसाद कुर्मी, समाजसेवी महेश्वर मुराव, श्यामसुन्दर यादव, कोटहीमाई–५ का वडा सदस्य हबिब खान, अपाङ्ग पुर्नस्थापना मर्चवारका अध्यक्ष आशिस यादवलगायतले गाउँपालिकाले गरेका विभिन्न कार्यहरुबारे प्रश्नसहित पालिकालाई विभिन्न सुझावहरु दिएका थिए ।  

    Kotahimai Sarbjanik Sunuwai 1.jpg

    कार्यक्रममा उठेका विभिन्न विषयगत शाखाका प्रश्नको प्राविधिक शाखा प्रमुख ई.नवराज भण्डारी, स्वास्थ्य शाखा प्रमुख रामनिवास यादव, शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरी, रोजगार संयोजक कृष्ण यादव लगायतले जवाफ दिएका थिए । साथ मिडिया हाउस प्रा.लि.कोटहीमाई-७, रुपन्देहीकोे व्यवस्थापनमा सम्पन्न उक्त सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन बसन्त बन्जाडेले गरेका थिए ।