images

मंगलवार, बैशाख १८ गते २०८१

पहिलोपटक बस पुग्दा बाजागाजासहित स्वागत

पहिलोपटक बस पुग्दा बाजागाजासहित स्वागत

images
images
images
सोमवार, फाल्गुण १७ २०७७
सोमवार, फाल्गुण १७ २०७७
  • पहिलोपटक बस पुग्दा बाजागाजासहित स्वागत

    अर्घाखाँची, १७ फागुन ।
    अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १ साम्नेगाउँको छेडापोखरीमा पहिलोपटक बस पुगेको छ । प्रदेश सरकार र भुमिकास्थान नगरपालिका वडा नम्बर–१ को विनियोजित बजेटबाट बाटोको स्तरोन्नति भएपछि पहिलो पटक त्यहाँ बस पुगेको हो । 
    अन्य साना सवारीसाधन गए पनि बस पहिलोपटक पुगेको हो । बस पुगेको खुशीयालीमा स्थानीयले बाजागाजासहित खुशीयाली मनाउँदै गाडीचालक र सह–चालकलाइ फूल माला र अविर लगाइ स्वागत गरेका छन् ।

    images

    भुमिकास्थान नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बाटोको उद्घाटन गरेका हुन् । बस पुगेपछि भुमिकास्थान–१ का डाडाँ–धपखोला–छेडापोखरी–बगैंचा–साम्नेगाउँ–ओखटे र प्युठानको मल्लरानी गाउँपालिकाका जनता प्रत्यक्ष लाभान्वित हुने वडाअध्यक्ष थापाको भनाइ छ ।

    २०६१ सालमा स्थानीयले कोदालोले बाटोको ट्र्याक खनी जीप सेवा सञ्चालन भएको साम्नेगाउँमा १५ वर्षपछि बस पुगेको हो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij