२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

शनिवार , श्रावण ५, २०८१

  • 919
    Shares
  • 919
    Shares
  • भैरहवा, ५ साउन ।
    चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही)को आयोजना, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको सह–आयोजना र आन्तरिक राजस्व कार्यालय भैरहवाको सहजीकरणमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । 


    प्रत्येक वर्ष करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिदै आएको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले यस्ता कार्यक्रमले करसम्बन्धी कुनै अस्पष्टता र जिज्ञासा भए त्यसको समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु पनि गर्दै आएको बताए । उनले सम्पूर्ण नागरिक करको दायरामा आउनुपर्ने बताए । उनले भने, ‘कोभिडपछि मुलुकको अर्थतन्त्र संकटमा छ । राज्यले उद्योग–व्यवसायमैत्री नीति बनाउन सकेको छैन । ’

    कार्यक्रमको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले उद्घाटन गरेका थिए । 

    कार्यक्रममा उद्योगी, व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले करसम्बन्धी जिज्ञासा राखेका थिए । 

    tax news.jpg

    त्यस्तै कार्यक्रमको आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत धनिश्वर अर्यालले सहजीकरण गरेका थिए । 

    Dhaniswar Aryal.jpg

    उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेलको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक तथा उद्योग व्यापार संगठनका कार्यसमिति सदस्य कृष्ण प्रसाद मरासिनीको स्वागत तथा संगठनकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।