२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन सकेन : रवि लामिछाने

बिहिवार , श्रावण ३, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • काठमाडनैं, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका छन् । 

    राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडौंमा आयोजना गरेको नीति मन्थन मौद्रिक नीतिबारे अन्तक्र्रिया कार्यक्रममा लामिछानले सरकारका पुग्ने बितिकै दलहरुको प्राथमिकता राजनीतिक नियुक्तीमा रहने गर्दा त्यसका कारण मुलुकमा सहि नीति निर्माण हुन नसकेको बताएका हुन् । राजनीतिक नियुक्ती स्वार्थप्रेरित हुने हुदा उनीहरुबाट बनाउने नीतिहरु पनि देशका लागि नभइ आफ्ना स्वार्थका आधारमा बन्ने उनको भनाइ छ । 

    उनले ठूला भनिएका राजनीतिक दलहरुलाई कार्यकर्ता र भातृसंगठनको भारी बोक्नुपरेको र उनीहरुको पार्टीप्रतिको योगदान चूकाउन राष्ट्रिय सम्पती दोहन हुने गरेको जिकिर गरे । सभापति लामिछानले दुई ठूला राजनीतिक दलहरुले नै सरकार बनाउदा राजनीतिक नियुक्तीहरु झन बढेर जाने र मुलुकको नीतिहरु अस्तव्यस्त हुने आशंका व्यक्त गरे । 

    अहिलेको ठूला दलहरुको मिलन देशको हितमा हुने संकेत नदेखिएको उनले बताए लामिछानले

    राष्ट्रि निर्माण र नीति निर्माण गर्ने क्रममा बिज्ञहरुको रायसल्लाह आवश्यक रहेकोले नीति मन्थनलाई आवश्यकता अनुसार निरन्तरता दिने जिकिर गरे ।