images

बिहिवार, बैशाख २० गते २०८१

लियो बुटवल खस्यौली युथद्वारा अपांगता स्वरोजगार उद्यमशीलता संचालन

लियो बुटवल खस्यौली युथद्वारा अपांगता स्वरोजगार उद्यमशीलता संचालन

images
images
images
आइतवार, फाल्गुण १६ २०७७
आइतवार, फाल्गुण १६ २०७७
  • लियो बुटवल खस्यौली युथद्वारा अपांगता स्वरोजगार उद्यमशीलता संचालन

    बुटवल, १६ फागुन ।
    लियो क्लब अफ बुटवल खस्यौली युथले अपांगता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट सुरु गरेको छ । आफू भन्दा कम भाग्यशालीहरूलाई उद्यमशील बनाएर आर्थिक उपार्जन होस् भन्ने उद्धेश्यले प्रोजेक्ट सुरु गरेको क्लबले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

    images
    images
    images

    पहिलो चरणमा अर्घाखाँचीको भूमिकास्थान–६ खिल्जी निवासी अपांगता भएका मीन बहादुर घर्तीलाई उद्यमशील बनाउन २ वटा कुटानी पिसानी गर्ने मेशिन प्रदानका साथै आर्थिक सहयोग गरिने प्रोजेक्टका सह–संयोजक तथा क्लबका सह–कोषाध्यक्ष केशव खनालले जानकारी दिए । कम्मर भन्दा तलको भाग नचल्ने घर्तीले आफ्ना दैनिक कामकाज, कृषिकर्म लगायतका काम सहजै गर्ने गरेको र उनलाई उद्यमी बनाउनको लागि क्लबले सहयोग गरेको जानकारी दिए ।

    फागुन २९ गते कार्यक्रमको शुभारम्भ गरिने क्लबले जनाएको छ । प्याकेजिङ गरिएका सामाग्रीहरूको बजारीकरणमा समेत क्लबले काम गर्नेछ । देशविदेशबाट दाताहरुको सहयोगमा ४ लाख ५० हजारको लागत रकममा प्रोजेक्ट शुभारम्भ गर्न लागेको क्लबका निवर्तमान अध्यक्ष राजिवजंग सिंह कुवरले बताए । उनले आफ्नो कार्यकालमा बनेको योजना कोरोनाको कारणले रोकिएको र अहिलेका अध्यक्ष सुमित सापकोटाको टीमले कार्यक्रम चलाउन लागेको उनको भनाइ छ । घर्तीलाई सहयोग गर्नपूर्व उनको सहमति, स्थानीय पालिका तथा अगुवाहरुसंग छलफल गरिएको घर्तीको घर अर्घाखाँची पुगेका क्लबका अध्यक्ष सुमित सापकोटाले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा बोल्दै स्पोन्सर क्लव लायन्स क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष राजु पौडेलले क्लबका अन्य शाखाले पनि सहयोग गर्दै आएको बताए । उनले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउनको लागि उद्यमशीलता तथा स्वरोजगारी कार्यक्रम चलाइएको बताए । उनले यो अभियानलाई दीर्घकालसम्म फरकफरक स्थानमा संचालन गर्ने र नियमित गर्ने प्रतिबद्धता जनाए । फरक फरक जिल्लामा प्रोजेक्ट सञ्चालन हुने र आर्थिक उपलब्धता भएसम्म वार्षिक १ जिल्लामा १ प्रोजेक्ट सञ्चालन गरिने उनको भनाइ छ ।

    कार्यक्रममा क्लबका सल्लाहकार ज्ञानु पुन, क्लबका कार्यवाहक अध्यक्ष एवं प्रथम उपाध्यक्ष रोशन रायमाझी, क्लव सचिव दीपक खरेल, पिआरओ कल्पना डुम्रे ज्ञवाली, पत्रकार कपिल ज्ञवाली लगायतले बोल्दै क्लबले चलाएको अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्टको सफलता र सहकार्यमा प्रतिबद्धता जनाएका थिए । लियो क्लब अफ बुटवल खस्यौलीले विभिन्न सामाजिक क्षेत्रमा कामहरू गर्दै आइरहेको छ ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij