२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता : प्रधानमन्त्री ओली

बिहिवार , श्रावण ३, २०८१

काठमाडौं, ३ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

६२ औं इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एशोसीयसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले देशको अवस्था राम्रो नभएको भन्दै त्यसलाई उज्यालोतर्फ लैजानु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

उनले देशको अवस्था राम्रो नभए पनि नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको धारणा राखे । उनले अहिले देशको अवस्था जस्तो भए पनि देशको भविष्य भने उज्जवल भएकाले कुनै शंका नगरी देश निर्माणको काममा लाग्न आग्रह गरे । सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ । 

उनले इन्जिनियर्सहरुको समस्याप्रति गम्भीर भएको बताए । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।