२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन

बिहिवार , श्रावण ३, २०८१

  • 910
    Shares
  • 910
    Shares
  • बुटवल, ३ साउन । 
    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानूनका विद्यार्थीहरुसँग अनुभव र अनुभूति साटासाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    प्रदेश प्रमुख शेरचनले राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने परिपाटीको विकास गर्न युवाहरुलाई आग्रह गरे । कानूनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उनले विद्यार्थीहरुले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिए । 

    कानूनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दैै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताए ।

    विगतमा संविधानको अक्षरसः पालना नहँुदा कानूनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मूलुकमा कानून र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उल्लेख गरे ।

    सो अवसरमा लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्रदेश प्रमुखसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा उक्त एकेडेमीका प्राध्यापकहरुको समेत सहभागीता रहेको थियो ।