२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

साउन महिना सुरु भएसँगै हरियो चुरा पोते किन्ने महिलाहरुको चहलपहल

बुधवार , श्रावण २, २०८१

  • 760
    Shares
  • 760
    Shares
  • काठमाडौं, २ साउन । साउन महिना सुरु भएसँगै बजारमा हरियो चुरा पोते किन्ने महिलाहरुको चहलपहल बढेको छ । 

    काठमाडौँको इन्द्रचोकमा चुरा, पोतेलगायतका सामग्री किन्ने महिलाहरुको चहलपहल बढेको हो । साउन महिनामा विशेषगरी हिन्दू धर्मावलम्बीहरुले हरियो चुरा, पोते लगाउने परम्परा रहेको छ ।

    विवाहित महिलाहरुले साउन महिनामा हरियो चुरा र साडी लगाएर सोमबार शिवको व्रत बस्छन् ।

    साउन शिवजीको महिना भएकाले शिवजीका भक्तले साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने गरेको संस्कृतिविद्हरुको भनाइ छ । यस बर्ष साउनमा चार वटा सोमबार परेको छ ।