२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सोविता गौतमको प्रश्न : नयाँ सरकारले समावेशीतालाई कसरी हेरेको छ ?

सोमवार , आषाढ ३२, २०८१

  • 481
    Shares
  • 481
    Shares
  • काठमाडौं, ३१ असार ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सोविता गौतमले नयाँ सरकारले समावेशीतालाई कसरी हेरेको छ भन्दै प्रश्न गरेकी छन् ।

    सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गौतमले मन्त्रिपरिषद्को स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व नरहेको र दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै समावेशीतालाई कसरी हेरेको छ भन्दै सरकारलाई प्रश्न गरिन् ।

    उनले दुई ठूला दल मिल्ने सामान्य विषय नभएको भन्दै सहमति किन र कसरी भयो भन्ने प्रश्न गरिन् । उनले सुशासनको मुद्दामा आफ्नो पार्टी अडिक रहेको र यसमा सरकारलाई सहयोग गर्न चाहेको जिकिर गरिन् ।