२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

पेशागत महासंघद्वारा एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान

सोमवार , आषाढ ३२, २०८१

  • 979
    Shares
  • 979
    Shares
  • बुटवल, ३१ असार ।
    पेशागत महासंघ नेपाल रुपन्देहीले नेकपा (एमाले) को १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । महासंघले एक कार्यक्रमकाबीच एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान गरेको हो । 

    कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पेशाकर्मीको हकअधिकारको रक्षा र उनीहरुका पेशागत मुद्दाहरुका विषयमा पार्टी सहजीकरण गर्न तयार रहेको बताए ।

    निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत विभिन्न क्षेत्रमा क्रियाशिल पेशाकर्मीले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिदै उनले पेशागत हकअधिकारका विषय मात्र नभएर सिंगो कर्मचारी संयन्त्रका साझा विषयलाई सम्बोधन गर्न एमालेले गम्भीरतापुर्वक पहलकदमी लिने बताए ।

    पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही इ१चार्ज रमेश पाण्डेले संघीय निजामती सेवा ऐन अझै जारी हुन नसकेको, स्थानीय तहका कर्मचारीका समस्या अझै यथावत रहेको भन्दै आफूहरुले उठाएका मुद्दालाई सम्बोधन गर्ने गरी ठोस पहलकदमी लिन एमाले नेतृत्वसँग आग्रह गरे ।
    पेशाकर्मीहरुले आफ्नो क्षेत्रमा गुणस्तर सेवा दिन प्रतिबद्ध रहेको भन्दै उनले प्रत्यक्ष राजनीतिमा संलग्न हुन नपाए पनि नागरिकलाई गुणस्तरीय सेवा प्रदान गरेर आफ्नो क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने काममा महत्वपूर्ण योगदान पुयाइरहेको बताए ।

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं पेशागत महासंघ नेपाल लुम्बिनी प्रदेश इञ्चार्ज कल्पना थापाले पेशाकर्मीहरुको पेशागत सुरक्षाका लागि सामूहिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।

    पेशागत महासंघ नेपाल रुपन्देहीका अध्यक्ष राजीव अर्यालले पार्टी र पेशाकर्मीहरुबीचको सम्बन्ध सुदृढ गर्नका लागि पनि स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम गरिएको बताए ।

    त्यस अवसरमा पेशागत महासंघ नेपाल रुपन्देहीका उपाध्यक्ष नरेन्द्र कुमार शर्मा, सदस्य नविन घिमिरेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।