२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

चौथोपटक प्रधानमन्त्री बनेका केपी ओलीले लिए सपथ

सोमवार , आषाढ ३२, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • काठमाडौं, ३१ असार ।

    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिए । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

    त्यस्तै सोमबार नै सरकारका उपप्रधानमन्त्री एवं मन्त्रीहरुले पनि राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरु नियुक्त गरेपछि सपथ गराइएको हो ।

    जसअनुसार प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास, विष्णु प्रसाद पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृहमन्त्रीमा नियुक्त हुनुभएको छ । त्यस्तै शरतसिंह भण्डारी, श्रम तथा रोजगार, आरजु राणा देउवा, परराष्ट्र, नवलकिशोर साह सुडी, महिला बालबालिका, देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

    त्यस्तै बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी र दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका छन् ।

    त्यस्तै तेजुलाल चौधरी, युवा तथा खेलकुद, प्रदीप यादव, खानेपानी, प्रदीप पौडेल, स्वास्थ्य, अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् भने बद्री प्रसाद पाण्डे, पर्यटन, रामनाथ अधिकारी, कृषि, विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई, रक्षा, दीपक खड्का, जलस्रोत तथा उर्जामन्त्री नियुक्त भएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले संघीय मामिला मन्त्रीमा राजकुमार गुप्ता र वन तथा वातावरण ऐनबहादुर शाहीलाई नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त गरेका हुन् ।