
सोमवार , आषाढ ३२, २०८१
काठमाडौं, ३१ असार ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नवनियुक्त मन्त्रीहरूको पनि शपथ हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij