२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

आइतवार , आषाढ ३१, २०८१

  • 658
    Shares
  • 658
    Shares
  • काठमाडौं, ३० असार । 
    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार (आज) प्रधानमन्त्री पदमा नियुक्त हुँदैछ । नयाँ प्रधानमन्त्रीमा दावी पेश गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्न लागेका हुन् । चौथोपटक प्रधानमन्त्री बन्न लागेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । 

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल अनुसार राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथग्रहण हुनेछ । योसँगै सानो आकारको मन्त्री परिषद् गठन हुने एमालेले जनाएको छ ।

    शुक्रबार प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी पेश गर्ने समय दिएका थिए ।

    नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।