२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

प्रमुख दलहरुकै कारण मुलुक समस्यामा : हरि ढकाल

मंगलवार , आषाढ २६, २०८१

  • 658
    Shares
  • 658
    Shares
  • काठमाडौं, २५ असार ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रमुख दलहरुकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र मुलुकमा आर्थिक समस्या देखिएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले मुलुकको परिवर्तनमा प्रमुख दलहरुको भूमिका महत्वपूर्ण रहे पनि तीन दशकमा प्रमुख दलहरुकै कारण मुलुक पटकपटक समस्यामा परेको बताए ।

    उनले कांग्रेस–एमालेबीचको सहमति सार्वजनिक नभएको अवस्थामा उक्त सम्झौतामा अब बन्ने सरकार पनि तीन दशकको निरन्तरता भएको जिकिर गरे । सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा बेचन झा पक्राउ पर्ने बितिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले राम्रैसँग बुझेको उनको भनाइ छ । 

    उनले सरकार परिवर्तन हँुदा पनि राजनीतिक संस्कार र इमान्दारी कार्यकालभरी कायम राख्ने भन्दै तीन दशकमा मुलुकलाई अप्ठेरोमा पार्नेहरुले राजनीतिक संस्कार नसिकाउन सुझाव दिए ।