images

सोमवार, बैशाख १७ गते २०८१

स्व.पाटामगरको स्मृतिमा मातृभाषा रचना बाचन 

स्व.पाटामगरको स्मृतिमा मातृभाषा रचना बाचन 

images
images
images
शनिवार, फाल्गुण १५ २०७७
शनिवार, फाल्गुण १५ २०७७
  • स्व.पाटामगरको स्मृतिमा मातृभाषा रचना बाचन 

    बुटवल, १५ फागुन ।

    images

    फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष, पत्रकार स्व. देव बहादुर पाटामगरको १२ औ. स्मृति दिवसका अवसरमा मातृभाषा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ।  

    वि.सं. २०६५ सालमा सडक दुर्घटनामा परि निधन भएका स्व.पाटामगरको स्मृतिमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले शुक्रबार बुटवलमा मातृभाषामा रचना वाचन कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रममा साहित्यकार तथा पत्रकार गिरी श्रीसमगर, खेमा लिपी विज्ञ एवं पत्रकार भीम गुरुङ, मञ्जित चौधरी, इन्दु थापा मगर, भेषमाया छन्त्याल, अस्मिता हितान मगर, खेम प्रसाद तमु, सूमन बारघरे लगायतले मातृ भाषामा साहित्यिक रचना वाचन गरेका थिए।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सामाजिक, सांस्कृतिक र भाषिक संरक्षण र प्रवद्र्धनमा समस्या परिरहेको भन्दै बौद्धिक सत्ताले निर्माण गरेको भाष्यलाई भत्काउनुपर्ने आवश्यक रहेको बताए ।  हरेक समुदायले बोल्ने मातृभाषालाई संरक्षण र प्रवद्र्धनको लागि खाँचो रहेको भन्दै त्यसको लागि प्रदेश सरकारले योजना र कार्य अगाडि बढाइरहेको मन्त्री बरालले बताए। 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसी, फोनिज केन्द्रिय लेखा समिति सदस्य सुन्दर तरामु, नेपाल मगर महिला संघका केन्द्रिय उपाध्यक्ष ममता बुढाथोकी, फोनिज लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहा, नेपाल छन्तयाल संघका प्रदेश संयोजक दल बहादुर छन्त्याल, बर्दघाट नगरपालिका वडा नम्बर २ का अध्यक्ष दया दर्लामीमगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देही अध्यक्ष शंकर गाहा लगायतले मातृभाषाको महत्व र संरक्षणको दायित्वबारे चर्चा गरेका थिए । 

    साथै नेपाल थारु कल्याण कारिणीसभा रुपन्देही अध्यक्ष सतिश चौधरी, नेपाल मगर संघ, रुपन्देही जिल्ला अध्यक्ष आन बहादुर सोती मगर, नेपाल तामाङ घेदुङ जिल्ला समिति रुपन्देही अध्यक्ष कृष्ण मोक्तान, नेपाल मगर संघ तिलोत्तमा नगर समिति अध्यक्ष लीलमाया राना, नेपाल छन्त्याल संघ रुपन्देहीका सहसचिव इन्द्र बहादुर छन्त्याल लगायतले बोल्दै हरेक जातिका भाषा संरक्षण गर्नु राज्यको दायित्व भएको धारणा राखेका थिए । 

    फोनिज रुपन्देहीका अध्यक्ष सनु थापाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सदस्य मीन रानाले सञ्चालन गरेका थिए । फोनिजका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार देव बहादुर पाटा मगरले बुटवल क्षेत्रको विकास र समृद्धिका लागि पत्रकारिताका माध्यमबाट योगदान पू¥याएको अध्यक्ष थापाले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij