images

शुक्रवार, बैशाख २१ गते २०८१

नेपाल शिक्षक संघ सिद्धार्थनगरको चौथो प्रतिनिधिसभा सम्पन्न

नेपाल शिक्षक संघ सिद्धार्थनगरको चौथो प्रतिनिधिसभा सम्पन्न

images
images
images
शनिवार, फाल्गुण १५ २०७७
शनिवार, फाल्गुण १५ २०७७
  • नेपाल शिक्षक संघ सिद्धार्थनगरको चौथो प्रतिनिधिसभा सम्पन्न

    भैरहवा, १५ फागुन ।
    नेपाल शिक्षक संघ नगर कार्यसमिति, सिद्धार्थनगरको चौथो प्रतिनिधिसभा तथा सम्मान कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षक संघ सिद्धार्थनगरका अध्यक्ष अब्दुर्रहमान खानले शिक्षक संघ प्रजातन्त्र तथा लोकतन्त्रप्रति प्रतिबद्ध शिक्षकहरुको पेशागत संगठन भएको बताए । उनले संघले गरेका कार्यहरु, भावी कार्यक्रम, तीनै तहका सरकारहरुसंग राखिएका मागहरुको बारेमा जानकारी गराएका थिए ।

    images
    images
    images

    कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य विष्णु थापा, क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादव, सचिव सुशिल  गुरुङ, क्षेत्र नम्बर ३ (१) का सभापति पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर सभापति दिलिप धिताल, शिक्षक महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवं शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछाने, नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष तथा सुसंस्कृत माविका प्रधानाध्यापक रविन्द्र यादव, नेपाल शिक्षक संघ रुपन्देहीका उपाध्यक्ष रुपकुमार क्षेत्री, पूर्व अध्यक्ष रविन्द्र सिंह राना, मोहम्मद महबुब, बलराम शर्मा, श्री रुपन्देही लीलाराम न्यौपाने मा.वि.का प्रअ गणेश भट्टराई, सूर्यदेव मा.वि.का प्रअ गोविन्द प्रसाद पोखरेल, शिक्षक संघ सिद्धार्थनगरका पूर्व अध्यक्ष सुनिल कुमार कर्ण, शिक्षक महासंघ सिद्धार्थनगरका अध्यक्ष चर्तुभुज रेग्मी लगायतले बोल्दै शिक्षकको मागप्रति सरकार गम्भिर हुनुपर्ने बताए ।

    शिक्षक संघ सिद्धार्थनगरका अध्यक्ष अब्दुर्रहमान खानको अध्यक्षता, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    शिक्षक संघ सिद्धार्थनगर उपाध्यक्ष शिला पाण्डेको स्वागत तथा सचिव विजेश कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक संघ सिद्धार्थनगरका अर्थ–सचिव लक्ष्मी बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा ३ जनालाई शिक्षकलाई सम्मान गरिएको र १२ जना शिक्षकलाई शिक्षक संघमा स्वागत गरिएको संघले जनाएको छ ।IMG_3562.JPG

    शिक्षक संघ सिद्धार्थनगरमा महिला सदस्य ७० र पुरुष सदस्य ६६ गरी १३६ जना आबद्ध छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij