
शुक्रवार , आषाढ २२, २०८१
काठमाडौं, २१ असार ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन् ।
गिरिजा प्रसाद कोइराला लेवर फाउण्डेशन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिएर सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जान सक्ने अवस्था रहेको भन्दै यसले दुई दलबीचको सहमति कार्यान्वयनमा अप्ठेरो पार्न सक्ने बताएका हुन् ।
उनले संविधानलाई टेकेर हिड्नुपर्ने भएकाले विश्वासको मतपछि सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ जानसक्नेतर्फ सजक हुनुपर्ने धारणा राखे ।
उनले अब नेकपा एमाले र नेपाली कांग्रेसको सरकार देशलाई निकास दिने अन्तिम विकल्प भएकाले यो विकल्प पनि असफल भए देशमा दुर्घटना हुन सक्ने भएकाले नयाँ समीकरणलाई सफल बनाउने दायित्व सबैको भएको उल्लेख गरे । कोइरालाले मुलुक पटकपटक अस्थिरतातर्फ जाने अवस्थालाई रोक्नका लागि मुलुकको निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij