२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थनगर–१२ मा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

शुक्रवार , आषाढ २२, २०८१

  • 874
    Shares
  • 874
    Shares
  • भैरहवा, २१ असार ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ नम्बर वडा कार्यालयले २०८० सालको माध्यमिक शिक्षा परिषद् (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच वडामा स्थायी बसोबास गर्दै आएका एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको वडाअध्यक्ष कुमार गुरुङ्गले बताए । कार्यक्रममा ३० जना विद्यार्थीहरुलाई सम्मान गरिएको गुरुङ्गले जानकारी दिए ।

    ‘विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम गरेका हौं,’उनले भने । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ।

    कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सिद्धार्थ सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५, १२ र १३ का अध्यक्ष गोविन्द प्रसाद बस्याल, सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास समिति सदस्य बसन्त भट्टराईलगायतले बोल्दै वडा नम्बर १२ को कार्यालयले विद्यार्थीहरुलाई सम्मान गर्नु सराहनीय कार्य भएको बताए । उनीहरुले एसईई विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि लगनशीलताका साथ अनुशासित भइ अध्ययन गर्न आग्रह गरे ।

    वडा सदस्य समिर थापाको स्वागत तथा वडा सदस्य सीता वि.क.को सञ्चालनमा भएको कार्यक्रममा उद्योगी तथा समाजसेवी रमेश अग्रवालको विशिष्ट आतिथ्यता, वडा सदस्य इशान भण्डारी, काशी नोबल एकेडेमीका सह–प्राचार्य श्री रायमाझी, भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण घिमिरे, पूर्व शिक्षक गोविन्द गुरुङलगायतको आतिथ्यता रहेको थियो ।