images

शुक्रवार, बैशाख २१ गते २०८१

निःशुल्क स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर

images
images
images
शुक्रवार, फाल्गुण १४ २०७७
शुक्रवार, फाल्गुण १४ २०७७
  • निःशुल्क स्वास्थ्य शिविर

    बुटवल, १४ फागुन ।
    रोटरी क्लब अफ बुटवल चौतारीले शुक्रबार निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको छ । सिमली डेन्टल प्रा.लि., बुटवल र मिनाक्षी आई केयर, भैरहवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । तिलोत्तमा नगरपालिकास्थित श्री पश्चिम पहुनी मा.वि.मा दन्त तथा आँखा परिक्षण, उपचार, परामर्श र औषधी वितरण गरिएको क्लबका अध्यक्ष थानेश्वर पाण्डेले बताए । 

    शिविरको एक समारोहकाबीच क्लबका सल्लाहकार राजेन्द्र ढकालले उद्घाटन गर्दै सामाजिक सेवाको भावनाका साथ क्लब निरन्तर समुदाय लक्षित कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राज चौधरी, विद्यालयका प्रधानाध्यापक दुर्गा श्रेष्ठ, सचिव अर्जुन ढकालले समुदायको आवश्यकता बुझेर सचेतनासंगै विविध कार्यक्रम गर्दा उपयोगी हुने बताए ।  शिविरमा विशेषज्ञ चिकित्सकहरु र सहयोगीहरुबाट प्राविधिक सहयोग भएको थियो । 

    images
    images
    images

    शिविरका संयोजक दिपा भण्डारीले शिविरबाट अभिभावक तथा विद्यार्थी गरी आँखा उपचारतर्फ २ सय ४५ र डेन्टलतर्फ २ सय ५६ जना लाभान्वित भएको बताइन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij