२०८३, आषाढ २७ गते

Jul 11 2026 | २०८३, आषाढ २७ गते

खेल क्षेत्रसम्बन्धी विभिन्न नीतिलाई परिमार्जनको तयारी गरिएको छ : मन्त्री श्रेष्ठ

बिहिवार , आषाढ २१, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • काठमाडौं, २० असार ।
    खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले रंगशालाको अवस्थाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अस्वीकृत हुनु उचित नभएको भन्दै स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन् । उनले धेरै पहिला बनेको रंगशालालाई आधुनिक रंगशालासँग तुलना गर्न उचित नहुने बताए । । 

    त्यस्तै मन्त्री श्रेष्ठले बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिए ।

    अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाइ पुरस्कार प्रदान गर्न चार करोड भन्दा बढी बजेटको व्यवस्था गरेको र खेलाडीको बैंक खातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए । 

    त्यस्तै उनले खेलाडीहरुलाई मासिक भत्ता उपलब्ध गराउन २ करोड बढीको बजेट छुट्टाइएको भन्दै यसलाई क्रमशः बढाउँदै लैजानुपर्ने धारणा राखे । मन्त्री श्रेष्ठले खेल क्षेत्रसम्बन्धी विभिन्न नीतिलाई परिमार्जनको तयारी गरिएको जानकारी दिए ।

    त्यस्तै मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा मूलपानी क्रिकेट रंगशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाइ प्राथमिकतामा राखेको जानकारी दिए ।