२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

प्रदेश सांसद्‌द्वय बनिया र के.सी. लोसपा केन्द्रीय सदस्यमा मनोनित

बुधवार , आषाढ २०, २०८१

  • 502
    Shares
  • 502
    Shares
  • भैरहवा, १९ असार ।
    लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया र हेमा बेल्बासे के.सी. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सांसद्‌द्वय बनिया र के.सी.लाई मंगलबार केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको लोसपा केन्द्रीय सदस्य मोहम्मद इस्लाम खानले बताए ।

    बनिया रुपन्देही क्षेत्र नम्बर ४ ‘१’ (मर्चवार क्षेत्र) बाट निर्वाचित सांसद् हुन् । उनी लोसपा लुम्बिनी प्रदेश संसदीय दलको उपनेता हुन् ।

    के.सी. समानुपातिक सांसद् हुन् । उनी संसदीय दलको प्रमुख सचेतक हुन् ।