२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

भ्रष्टाचार नियन्त्रणमा नयाँ बन्ने सरकारले कुनै पूर्वाग्रह राख्दैन : महामन्त्री शर्मा

बुधवार , आषाढ २०, २०८१

  • 421
    Shares
  • 421
    Shares
  • काठमाडौं, १९ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अव बन्ने कांग्रेस एमालेको सरकारले भ्रष्टाचारका फाइल खोज्न कुनै पूर्वाग्रह नराख्ने बताएका छन ।  

    बुधबार कांग्रेस बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले भ्रष्टाचार नियन्त्रणमा नयाँ बन्ने सरकारले कुनै पूर्वाग्रह नराख्ने र प्रक्रियामा भएका फाइल खोल्ने बताएका छन।  

    भ्रष्टाचारको फाइल खालेकै कारण सरकार परिवर्तन भएको गृहमन्त्रीको टिप्पणीको जवाफ दिदै उनले अहिले पनि वर्तमान सरकार कायमै रहेकाले अन्य भ्रष्टाचारका फाइल खोल्न सुझाव दिए ।

    शर्माले एमालेसंग भएको सात बुँदे सहमतिले मुलुकलाई स्थीरता र समृद्धिको बाटोतर्फ अघि बढाउने दावी गरे । ४७ सालको संविधान व्युताउने तयारीको चर्चा गलत भएको भन्दै उनले अग्रगामी परिवर्तनकै लागि संविधान संशोधन हुने बताए।

    उनले संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले सवै दलहरुसंग छलफल र सहकार्य गर्ने जिकिर गरे ।