
बुधवार , आषाढ २०, २०८१
भैरहवा, १९ असार ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ड्राइभरटोल शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा कार्यक्रम गरेको ड्राइभरटोल शाखा प्रबन्धक एकनारायण अर्यालले बताए । कार्यक्रममा वडा नम्बर ३ का ८५ जना स्थानीयबासीको उपस्थिति रहेको अर्यालले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका–३ का वडाअध्यक्ष कल्याण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका सामाजिक विकास शाखा अधिकृत अल्पा घिमिरे, नगरस्तरीय टोल विकास संस्थाका उपाध्यक्ष टोपलाल खनाल, वडास्तरीय टोल विकास संस्थाका अध्यक्ष राजु पौडेललगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम (तालिम) मा ड्राइभरटोल शाखा प्रबन्धक एकनारायण अर्यालले कर्जा र डिटिजल बैंकिङ्गसम्बन्धी, डिपोजीट रिलेशन अफिसर (डीआरओ) प्रतीक्षा घिमिरेले बचत सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा बैंकको सहायक शाखा प्रबन्धक शान्ति पाण्डे र कर्जा शाखा कर्मचारी केशव ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij