२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

काँग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति, राष्ट्रपति पौडेलसँग परामर्श

मंगलवार , आषाढ १९, २०८१

  • 658
    Shares
  • 658
    Shares
  • भैरहवा । नेपाली काँग्रेस र नेकपा एमालेवीच सत्ता साझेदारी गर्ने सहमति बनेको छ। दुबै दल नयाँ सत्ता साझेदार बन्न तयार भएसंग आबश्यक कानुनी परामर्शमा जुटेका छन् । 

    नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बन्ने तय भएको हो । 

    नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरू मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिपछि काँग्रेस र एमालेका नेताहरू सोमबार राति राष्ट्रपति भवन पुगेका हुन् । 

    राष्ट्रपति पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बिषयमा छलफल भएको बताइएको छ । 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमाले र काँग्रेसबिच राष्ट्रपति पौडेललाई राखेर नै नयाँ सरकार गठनबारे छलफल भएको छ ।

    राष्ट्रपतिबाट पनि अवरोध आउन सक्ने सम्भावना टरेपछि दुवै दल सहमति अनुसार अगाडि बढ्ने भएका छन् ।