२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिटिजन्स बैंक बुटवलद्वारा वित्तीय साक्षरता कार्यक्रम

सोमवार , आषाढ १८, २०८१

बुटवल, १७ असार । 
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बुटवल शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा स्नातक तहमा अध्ययनरत विधार्थीहरुलाई सोमबार एक दिने वित्तीय साझरता तथा डिजिटल बैंकिङ्गको प्रयोग र अपनाउनुपर्ने सचेतना सम्बन्धी कार्यक्रम गरिएको हो ।  

उक्त कार्यक्रमको तालिम सिटीजन्स बैंक बुटवल शाखाका प्रमुख किरण कुमार के.सी.ले बताए । कार्यक्रममा सिद्धार्थ गौतमबुद्ध क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्मा, क्याम्पसका अध्यक्ष निर्मल प्रसाद लाकौलले पछिल्लो समयमा वित्तीय साक्षरता सबैको लागि अनिवार्य रहेको बताए । उनीहरुले डिजिटल सुरक्षासहितको वित्तीय साक्षरता आवश्यक रहेको भन्दै उनले यसको लागि सबै समयमा नै सचेत हुनुपर्ने धारणा राखे ।

बैंकका बुटवल शाखाका डि अर ओ निलम श्रेष्ठले सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । त्यस्त बैंकका प्रबन्धक किरण कुमार के.सी.ले धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसै गरी बैंक र क्याम्पसबीचको सुमुधुर सम्बन्धबारे मन्तव्य क्याम्पसका अध्यक्ष निर्मल प्रसाख लाकौल र कार्यक्रमका धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सिटिजन्स बैंक लि.बुटवल शाखाका अपरेशन विभागकी विष्णु माया पाण्डेयले गरेकी थिइन  ।