
सोमवार , आषाढ १८, २०८१
काठमाडौं, १७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईईको नजिताका बारेमा गम्भीर भएर समिक्षा गर्नुपर्ने बताएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले एसईईको नजिता समाजको वास्तविक चित्रण भएको भन्दै सवैले ग्लानी महशुस गर्दै गम्भीर भएर समिक्षा गर्नुपर्ने बताएकी हुन् । उनले नजिता आइसकेको अवस्थामा सुधारको पाटोलाई प्राथमिकता दिनुपर्ने बताइकी हुन् । शिक्षामन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने उल्लेख गरीन् ।
शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको उनले जानकारी दिएकी हुन् । उनले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको पनि बताएकी हुन् ।
त्यस्तै उनले विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित देखिएकाले प्राथमिक तहका दरबन्दी काटेर माथिल्लो तहमा दरबन्दी बढाउन सकिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij