२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मुलुकको दिगो शान्ति, सुशासन तथा समृद्धिमा ध्यान केन्द्रीत गर्नुपर्छ : सभापति देउवा

आइतवार , आषाढ १७, २०८१

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकको दिगो शान्ति, सुशासन तथा समृद्धिमा ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण र दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्तिको महत्वपूर्ण एजेण्डामा ध्यान केन्द्रीत गर्नुपर्ने बताएका हुन् ।

उनले अहिलेको व्यवस्थाको नेकपा एकीकृत समाजवादी गहिरो प्रतिबद्धताका साथ लागि अघि बढेको जिकिर गरे । मुलुकको परिवर्तनमा माधव नेपालले खेलेको भूमिकाको उनले स्मरण गरे ।

उनले आगामी दिनमा देशको महत्वपूर्ण एजेण्डमा समाजवादीले आवश्यक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।