२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा

बुधवार , आषाढ १३, २०८१

  • 160
    Shares
  • 160
    Shares
  • विराटनगर, १२ असार । वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा परेका छन् ।

    विराटनगर महानगरपालिकाको वडा नं. ९ र १० बाहेकका सबै वडाका घरहरुमा पानी छिरेको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीले जनाएको छ । एकातिर अत्यधिक वर्षा भएको र अर्कोतिर पानीको निकास नहुँदा सडक र घरहरु डुबानमा परेको हो । वडा नं. १२ र १९ मा भने करिब एक सय परिवार विस्थापित भएका छन् । उनीहरुलाई स्थानीय विद्यालयमा पुर्नस्थापना गरिएको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीका संयोजक अर्जुन थपलियाले जानकारी दिए ।

    उनले अहिले विभिन्न ठाँउमा पानी निकास खुलाउने कार्य भईरहेको बताए ।  मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधवार बिहान ८ बजेर ४५ मिनेट सम्म २४ घण्टामा विराटनगरमा ३ सय ६१ मिलिमिटर पानी परेको छ ।

    विराटनगर एयरपोर्ट स्थित जलवायु तथा मौसम विज्ञान फिल्ड कार्यालयका मौसम सहायक राजेश झाका अनुसार विराटनगरमा यस बर्षको मनुसनको सबैभन्दा बढी पानी परेको हो । बर्षाका कारण कास्की, लमजुङ, ओखलढुङ्गा लगाएतका स्थानमा पहिरो जाँदा जनधनको क्षति भएको छ ।