२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो : रमेश लेखक

सोमवार , आषाढ ११, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडाैं, १० असार । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएको बताएका छन्

    सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौति कायम रहेको बताए । उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्या नभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरे । उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताए । उनले अहिले पनि धेरै चुनौतिहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए ।

    उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए ।