२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

संसदीय छानबिन समिति सहकारी ठगलाई बचाउन बनेको हो :अध्यक्ष केसी

सोमवार , आषाढ ११, २०८१

  • 337
    Shares
  • 337
    Shares
  • काठमाडाैं, १० असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताएका छन् ।

    सोमवार काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उनले यस्तो बताएका हुन् । उनले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरुबाटै लुटिएको बताए । उनले राज्य सत्तामा बस्नेहरुले ठूलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने बताए । उनले नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाए ।

    उनले अहिलेका राजनीतिक दलहरुले देश र जनताको लागि केही काम गर्न नसक्ने बताए ।