२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

आइतवार , आषाढ १०, २०८१

काठमाडौं , ९ असार । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने बताए । उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताउका छन् । 

उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।