२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

अर्थतन्त्रलाई बृहत रुपान्तरण गर्ने गरी बजेट कार्यान्वयन हुनेछ : अर्थमन्त्री पुन

शनिवार , आषाढ ९, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, ८ असार ।
    अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रलाई बृहत रुपान्तरण गर्ने गरी बजेट कार्यान्वयन गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) अछाम–काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा पुनले उत्पादन, रोजगारी सिर्जना लगायतका विषयका केन्द्रीत गरी बजेट निर्माण गरिएको भन्दै अर्थतन्त्रलाई बृहत रुपान्तरण गर्ने गरी बजेट कार्यान्वयन गर्ने बताएका हुन् । 

    वर्तमान सरकारले आत्मनिर्भर उत्पादनमा जोड दिएका कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्दै अघि बढ्ने उनले बताए । माओवादी केन्द्रका नेता समेत रहेका पुनले संविधानले कल्पना गरे अनुसारको समाजवादमा जाने गरी कार्यक्रम र विचारलाई अघि बढाइने उल्लेख गरे । उनले पुरातन समाजवादीका साथै एकात्मक समाजवाद नेपालमा सम्भव नभएको पनि बताए ।