२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

वर्तमान सरकार आफै ढल्छ : डा. शेखर कोइराला

शनिवार , आषाढ ९, २०८१

  • 574
    Shares
  • 574
    Shares
  • विराटनगर, ८ असार ।

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफै ढल्ने दावी गरेका छन् । शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने भन्दै उनले वर्तमान सरकार आफै ढल्ने दावी गरेका हुन् । 

    उनले राजनैतिक अस्थिरता संघीय सरकारमा मात्रै नभइ सातवटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए । राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिमा अपराधिकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने उनले बताए ।

    कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार लगायतका नेताहरुले पार्टीभित्र रहेको गुट–उपगुटका कारण भातृ संस्थाहरुको निर्वाचन हुन नसकेको गुनासो गरे ।