२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कांग्रेसले अवरूद्ध गर्‍यो लुम्बिनी प्रदेश सभा बैठक

शुक्रवार , आषाढ ८, २०८१

  • 391
    Shares
  • 391
    Shares
  • रुपन्देही, ७ असार ।

    लुम्बिनी प्रदेशमा सरकारले ल्याएको बजेट असन्तुलित भएको भन्दै नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गरेपछि आइतबारसम्मलाई स्थगित भएको छ । बजेट जनतामैत्री र संघीयताविरोधी आएको भन्दै कांग्रेसले विरोध गरेको छ ।

    बजेटप्रति विरोध जनाउँदै कांग्रेसले शुक्रबारको प्रदेश सभा बैठक अवरुद्ध गरेपछि सहमतिका लागि सभामुख तुलाराम घर्तीले सबै दललाई राखेर छलफल गरे पनि कुनै सहमति नभएको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।

    शुक्रबार सुरूमै कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको बैठक दलहरुबीच सहमति नजुटेपछि असार ९ गते आइतबारसम्मका लागि स्थगित भएको हो ।